सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०३:३३
वासिङटन डिसी 16:48

जनजीवन केही सामान्य

इनेप्लिज २०७२ भदौ १६ गते ४:२५ मा प्रकाशित

धनगढी, १६ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको निषेधाज्ञा (कफ्यु)को समय घटाएपछि लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ ।

निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेकोे हो ।

निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले धनगढीमा आज मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म निषेधाज्ञा जारी गरेको छ । यसैगरी टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे निषेधाज्ञाको समय बिहानको समयमा फुकुवा गरिएको छ । त्यहाँ आज बिहान ७ देखि ११ बजेसम्म निषेधाज्ञा फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया