वीरगन्जमा प्रदर्शनकारी र प्रहरीबीच झडपका कारण जनजीवन त्रसित

इनेप्लिज २०७२ भदौ १५ गते ४:४३ मा प्रकाशित

वीरगन्ज, १५ भदौ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहानदेखि पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन बिहानैदेखि त्रसित बनेको छ ।

वीरगन्जको विभिन्न ठाउ“मा भइरहेको प्रदर्शनका क्रममा गण्डक चोकमा भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दिपेश पटेल र सन्दीप पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कफ्र्यु (निषेधाज्ञा)को अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वीरगन्जको गण्डक चोकमा आज बिहान सुरक्षाकर्मीले चलाएको गोली लागेर ती दुवै घाइते भएको हो ।

कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनकारीले बिहानैदेखि वीरगन्जको गण्डक चोक, लक्ष्मणवा चोकलगायत सहरका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले विभिन्न नारा लगाउ“दै सुरक्षाकर्मी माथि ढुङ्गामुढा गरिरहेका छन् ।

सोमबार दिउँसोदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक र रानीघाटलगायत सहरका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटकपटकको झडपपछि वीरगन्ज तनावग्रस्त बनेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरेको छ ।

प्रतिक्रिया