ओके बाजेलाई आवासीय प्रवेषाज्ञा, विद्यार्थी भर्ना अभियान

इनेप्लिज २०७२ भदौ १५ गते ३:२४ मा प्रकाशित

पाल्पा, १५ भदौ । नेपाल सरकारबाट ओके बाजेले आवासीय प्रवेषाज्ञा प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाल सरकारले भदौ ७ गते आवासीय प्रवेषाज्ञा प्रदान गरेको हो ।

जापानमा जन्मेका काजुमासा काकिमी (ओके बाजे) विगत २१ वर्षदेखि पाल्पामा रहेर विकास निर्माण खटिनुभएको छ । नेपाल सरकारले आवासीय प्रवेषाज्ञा प्रदान गरेकोमा निकै खुसी लागेको उहाँले बताउनुभयो ।

ओके बाजेले पूर्वी पाल्पामा विद्यालय भवन, खानेपानी, आयआर्जन तथा गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

भर्ना अभियानले पाँच हजार ८६० विद्यार्थी कक्षामा भर्ना

विद्यार्थी भर्ना अभियानमार्फत पाल्पामा पाँच हजार ८६० जना कक्षा १ मा भर्ना भएका छन् ।

जिल्ला शिक्षा कार्यालय पाल्पाले विसं २०७२ मा सञ्चालन गरेको सो अभियानअन्तर्गत बाल विकास केन्द्रको अनुभवसहित चार हजार १३८ जना बालबालिका भर्ना भएको देखिएको छ ।

सो कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका विभिन्न विद्यालयमा सिधै कक्षा १ मा भर्ना हुने एक हजार ७२२ जना गरी कुल पाँच हजार ८६० विद्यार्थी यस आवमा भर्ना भएको छ । जिल्ला शिक्षा कार्यालयले कक्षा दोहो¥याउने र अनुत्तीर्ण सङ्ख्या समावेश गरेको छैन ।

प्रतिक्रिया