प्रवाशी नेपाली मन्च , नेदर्ल्यान्द्स को प्रेस बक्तब्य

इनेप्लिज २०७२ भदौ १५ गते १:३९ मा प्रकाशित

नेदर्ल्यान्द्स स्थित बिभिन्न संघ संगठन हरु मध्य सबै भन्दा शक्तिशाली संगठन प्रवाशी नेपाली मंच , नेदर्ल्यान्द्स को समसामयिक् बिषय तथा बर्तमान चुनौती र हालै सम्पन्न एन आर एन एन को निर्वाचन सम्बन्धी समिक्षा तथा मुल्याङ्कन माथी भएको ऐतिहासिक छलफल तथा बैठक हिजो अगस्त ३०, २०१५ मा नेदर्ल्यान्द्स को आमस्टर्दम मा सम्पन्न भएको छ। साथै यसले संगठन को संस्थागत बिकास र बिस्तार का सवाल मा थुप्रै प्रस्ताव् माथी छलफल र निर्णय समेत गरेको छ।

हालै आमस्टर्दम मा सम्पन्न एन आर एन एन को महाधिवेशन तथा निर्वाचन मा समेत महत्वपुर्ण भूमिका खेल्न सफल यस संगठन ले आफ्नो पूर्ण सहयोग र समर्थन बाट निर्वाचित एन आर एन एन का महत्वपूर्ण पदाधिकारी हरु उक्त बैठक तथा छलफल कार्यक्रम मा उपस्थित गराइ सम्पूर्ण निर्वाचित पदाधिकारी हरु लाई बधाई तथा शुभकामना दिदै बरिष्ठ उपाध्यक्ष्य केशव राज पाण्डे , कोषाध्यक्ष्य घनश्याम सापकोटा , सदस्य कृष्ण गुरुङ र लक्ष्यमण रिजाल लाई संगठन का अध्यक्ष्य टिकाराम सापकोटाले खादा ओढाइ अभिनन्दन गर्नु भएको थियो।

नयाँ नेपाल निर्माण र नयाँ संबिधान निर्माण ले अन्तिम चरणमा प्रवेश भैसकेको अवस्थामा केही राजनीति तथा तथाकथित आन्दोलन को खोल ओढेर अपराधीक समुह को घुसपैठ बाट हालै कैलाली को टिकापुर मा निहथ्था प्रहरी अधिक्रित तथा प्रहरी जवानहरु सहित् २ बर्षे दुधे बालक् समेत को क्रुर हत्या ले प्रवाशी नेपाली मन्च नेदर्ल्यान्द्स को गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउदै त्यस घटनाको घोर भत्सर्ना र निन्दा गरेको यस मन्च ले जनाएको छ। साथै सम्पुर्ण म्रित् आत्मा को चिर शान्ती को कामना गर्दै शोक शन्तप्त परिवार हरु प्रती हार्दिक समवेदना ब्यक्त गरेको छ। यस्ता घटना हरु बाट बिचलित नभै तदरुक्ता का साथ यथासिघ्र संबिधान निर्माण कार्य सुसम्पन्न गर्न गराउन नेपाल सरकार तथा सम्पुर्ण राजनैतिक् पार्टी आव्हान गर्दै यस मन्च सधैं लोकतान्त्रिक पद्वती को पहरेदार रहने प्रतिबद्दता पनि जाहेर गरेको छ।

पुर्ववत निर्णय र कार्यक्रम अनुसार यस मन्च को आगामी अक्टोबर १२ , २०१५ मा हुने भनिएको सम्मेलन तथा महाधिवेशन बर्तमान चुनौती र समसामयिक् बिशेष परिस्थितीबश आगामी डिसेम्बर २, २०१५ मा गरियोस भनी अध्यक्ष टिका राम सापकोटा ले राख्नु भएको प्रस्ताब् लाई सर्वसम्मत ले पारीत गरी यस मन्च ले आफ्नो सम्मेलन तथा महाधिवेशन आगामी डिसेम्बर २, २०१५ मा नेदर्ल्यान्द्स को आम्स्टर्दम मा हुने निर्णय गर्दै यसलाई सफल पार्न को निम्ती पुर्व गठित सम्पूर्ण बिभागीय कमिटी हरु पुन: सक्रिय गर्ने गराइने र नेदर्ल्यान्द्स बासी सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी तथा संघ संस्था हरु समेत् लाई बिनम्र अनुरोध गरेको छ।

उक्त कार्यक्रम टिकाराम सापकोटा को अध्यक्ष्यता मा सन्चालन भएको थियो भने कार्यक्रम सन्चालन महा सचिव हेम कुमार भुजेल ले गर्नु भएको थियो।

महा सचिव

हेम कुमार भुजेल

प्रवाशी नेपाली मन्च , नेदर्ल्यान्द्स

प्रतिक्रिया