एनआरएन बेलायतको छैटौं अधिवेशन स्थगित ।

इनेप्लिज २०७२ भदौ १५ गते १:०६ मा प्रकाशित

nrn_uk_logoलण्डन, भाद्र १५ । गैर आवासीय नेपाली संघ बेलायतको छैठौ अधिबेशन स्थगित भएको छ । संघमा आवद्ध विभिन्न सँस्था तथा व्यक्तिहरुले कार्यसमितिका अध्यक्ष मेहन्द्र कंडेल समेतका संलग्नतामा आर्थिक हिनामिना भएको आरोप लगाउँदै उजुरी दिएपछि शुक्रबार बसेको संघको आकस्मिक बैठकले यो विषय टुङ्गो नलाग्दा सम्म अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले कंडेलको अध्यक्षतामा रहेको कार्यसमिति र डा. राधव धिताल यम विईको संयोजनमा रहेको निर्वाचन समिति समेत विघटन गर्ने निर्णय गरेको छ । यसअघि अवैधानिक ढंगले निर्वा्चित कंडेल नेतृत्वको समितिले बेलायतवासी गैरआवासीय नेपालीहरुको भावना विपरित काम गर्दै आएका थिए । उनको कार्यसमिति विघटन हुनपर्ने भन्दै अधिकांश सदस्यहरुले निवेदन दिए पछि एनआरएन केन्द्रले सुनुवाई गरेको थिए ।
अहिले कंडेल आफैँले आफुलाई अध्यक्ष मान्दै आएको कार्य समितिले संघको विघटन भएको निर्णय गरेको हो । केहि दिनअघि बसेको बैठकले अधिवेशनको मिति घोषणा गर्नुका साथै उमेद्वारीसमेत तोकिसकेको थियो । तर कार्य समितिमा विधिपूर्वक पेश भएका सदस्यहरु समेतले वर्तमान कार्य समिति समक्ष आगामी निर्बाचनको निष्पक्षता माथि प्रश्न उठाउँँदै विघटनको लागि निवेदन दिएको थियो ।
अबैधानिक तरिकाबाट बन्न खोजेका अध्यक्ष कंडेलसमेत सहभागी बैठकको बहुसंख्यक सदस्यको निर्णयमा हस्ताक्षर गरेका छन् । तर निर्वाचन समिति नै विघटन गर्ने निर्णय भएपछि र कसै द्धारा फाइदाको सुईको पाएपछि फाईदाको आडमा कडेल र हिराधन राईले बैठक पुस्तिकाको शुरुमा सहमतीको हस्तक्षर गरेपनि बैठकको अन्त्यतिर फाईदाको बाटो पछ्याउदै बैठकबाट भागेका थिए । संघमा साधारण सदस्यहरुले बिगतमा जस्तै साधारण सदस्यता बापत जम्मा भएको सदस्यता शुल्कको रकमलाई चुस्त, दुरुस्त र पारदर्शी गराउन र हिना मिना हुन नदिन अर्को व्यवस्था नभए सम्म बैधानिक तरिकाको निर्वाचन गराउनको लागी निबेदन दिएको थियो ।
कंडेल समितिले भने आर्थिक पारदर्शिता अपनाउनुको सट्टा संकलित भएको करिब ८७ हजार पाउण्ड रकम कहिले ९ हजार त कहिले १५ हजार गर्दै अनियमित ढंगले निकालेको विशेष सुत्र र आफनै समितीका असन्तुष्ट केहि सदस्यहरुबाट जानकारी प्राप्त भएकोे छ । बैङ्क खातामा अध्यक्ष, महासचिव कोषाध्यक्षको हस्ताक्षर चल्नु पर्नेमा कंडेलले आफू अनुकुल बनाउन कोषाध्यक्षको ठाऊँमा कार्यसमिति मै नभएका डा राधब धितालको हस्ताक्षर चल्नेगरी खातामा नाम दर्ता गरी आफनो कालो कर्तुत लुकाएको प्रष्ट भएको छ ।
महासचिव राजकुमार त्रिपाठीका अनुसार अनधिकृत ढंगले चयन गरिएको कार्यसमितिलाई अस्वीकार गर्दै पाचौ कार्यसमितिले वर्तमान समितिलाई कुनै पनि खाता , पाता, हिसाब किताब ,मसलन्द , जिन्सी , नगद ,कागजपत्र , माइनुट बुक , ब्यानर ,ल्याप टप , छपाई मेसिन, लेटर प्याड अझै पनि बुझाएको छैन । यद्यपी स्रोतले दिएको जानकारी अनुसार साधारण सदस्यतावापत उठेको रकम कंडेल र सिमखडाले आफनै प्रयोजनका लागि एपल कम्पनीका ल्याप टप आफनो घरमा राखि, काम नलाग्ने पुरानो विविध सामाग्रिहरु एनआरएन बेलायतको अफिसमा सजाई बेलायतबासीलाई आखामा धुलो लगाई दिने काम गरी हिनामिना गरेका छन् । बेलायत समुदायले महेन्द्र कडेल र राम शरण सिमखडालाई जुत्ताको माला र कालो मोशो लगाएर पन्चेबाजा बजाउदै लण्डनको थेम्स नदिमा बगाई एनआरएन बेलायतको संस्थाबाट सदाको लागि विदाई गरी दिने एनआरएन बेलायतका सल्लाकार मास्टर राष्ट्र राईले जानकारी गराउनु भयो ।
समाजलाई विखण्डन गर्ने अवसरबादीहरु, झुटो समाचार सप्रेशन गदै म कान्तिपुर,र गोर्खापत्रको संवाददाता हु भन्ने पत्रकार र संस्थामा जहिले पनि आच पु¥याउने र संस्थालाई बिथोल्ने व्यक्तिहरुलाई लण्डनको थेम्स नदिमा बगाई दिए मात्र यो पबित्र संस्था रहने निर्वाचन आयोगका संयोजक डा राधव धिताल यमविइले बताउनु भयो । समाचार निस्पक्ष र निर्भीक लेख्ने पत्रकारको आखाँ जनताको आखाँ हुन भन्दै उनले भने संस्थामा षढयन्त्र गर्ने अवसरबादीलाई कानुनी दायरामा पु¥र्याई समाजको अगाडी सजाय पाउँनु पर्ने माग राख्दै उनले भने एनआरएन बेलायतको निर्वाचन स्थगित नगरिदिन बेलायत समुदायलाई अनुरोध गरेका छन् ।
हरेक बर्ष एनआरएन बेलायतको अध्यक्ष पदको लागी निरही तरिकाले गिद्धे नजर गरिरहने कंडेलले निर्वाचन आफू अनुकुल बनाउन सदस्यताका लागि आवेदन दिएका सयौँ बेलायतबासी नेपालीहरुको सदस्यता फारम समेत अस्वीकार गरेको बुझिएको छ । सदस्यताका लागि आवेदन दिएकाहरुले अधिबेशनमा सहभागी हुन चेक तथा अनलाइनमा भुक्तानी गरी फारम पठाएकोमा आफुहरुको नाम निर्बाचन समितिले सदस्यता दर्ता गर्न अस्विकार गरेको अबस्थामा १५०० देखि १८०० सम्म सदस्यहरुको रकम फिर्ता गरेर मात्र अधिबेशन गराउन माग गरेका थिए । तर कडेलले रद्ध गरेको फारमको रकम आफ्नो खल्तिमा लाउन ठुलो षढयन्त्र गरिरहेको स्रोतले जानकारी गराएका छन् । कडेल र उनका झुण्ड पत्रकार कान्तिपुर र गोर्खापत्रको नाम बेचिखाने पत्रकारलाई समेत बेलायत समुदायले अध्यक्षको माला हैन जुत्ताको माला लगाई दिने फैसला गरिएको बेलायतबासी धिरज राईले अभिव्यतिm दिएका छन् ।
उम्मेदवारीहरु र सर्व साधारण सदस्यहरुको रकम फिर्ता नगरे महेन्द्र कडेल र राम शरण सिमखडालाई अदालत लैजाने साथै परिवारको अगाडी लज्जित तुल्याउने सदस्यहरुले जिकिर गरेका छन् । संस्थाको खाताबाट रकम हिनामिना भएपछि सदस्यहरुले विषय टुङ्गो नलाग्दासम्म वेलायतस्थित नेपाली राजदूताबासलाई उक्त खाता ‘फ्रिज’ गरिदिन पनि आग्रह गरेका छन् । सदस्यहरुले खाता दूताबासको रोहबरमा सुरक्षित राखी बिगतको हिसाब किताबमा व्यापक अनिमियता भएको देखिएकोले पूर्ण लेखा परिक्षन नगरी कतै पनि खर्च नगरियोस भन्ने निबेदन दिएका छन् ।
आपतकालीन बैठकको निर्वाचन समितिले इंग्लायण्ड, स्कटल्याण्ड, वेल्स, ईस्ट लन्डन, वेस्ट लन्डनलगायतका ६ ठाउँमा मतदानकेन्द्र राख्नेगरी गरेको निर्णयमा समेत प्रश्न चिन्न उठाएपछि अधिवेशन नै स्थगित भएको थियो । बहुसंख्यक सदस्यहरुले सुरक्षा र संयम सेवक एबं खर्च मितबियताको हिसाबले पनि त्यसरी मतदानकेन्द्र राख्न नहुने मत राखेका थिए । बर्तमान कार्य समितिको बहुमतले पारित गरेको निर्वाचन खारेज गर्ने निर्णय भएको माईनेटिङ युरोप क्षेत्रिय संयोजक अर्जुन श्रेष्ठ, केन्द्रिय महासचिब कुमार पन्त र अन्र्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री शेष घलेलाई समेत ईमेल पत्र गरीे जानकारी गराईएको बर्तमान एनआरए

प्रतिक्रिया