सवल र सुदृढ एनआरएनए वनाउन मेरो उम्मेदवारीः सुदन थापा (अन्तर्वार्ता)

इनेप्लिज २०७२ भदौ १५ गते ०:२९ मा प्रकाशित

Sudan-Thapa

एक दशक अघि विद्यार्थी भिसामा जापान प्रवेश गरेका युवा सुदन थापा यतिवेला चर्चामा छन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिएपछि थापाको चर्चा चुलिएको हो ।

सन २००८मा भवन भट्टको कार्यकालमा केन्द्रीय निर्वाचित भएका थापा, आईसीसी युथ सदस्य हुदै हाल एनआरनएनए जापानको उपाध्यक्ष हुनुहुन्छ । जापानमा आगामी साता हुन लागेको नयाँ कार्यसमितिको निर्वाचनमा होमिएका अध्यक्षका प्रत्यासी मध्ये सवैभन्दा कान्छो उमेरका सुदन थापा रेष्टुरेन्ट तथा ट्रेडिङ व्यवसायमा समेत संलग्न हुनुहुन्छ ।

प्रस्तुत छ आसन्न एनआरएनए जापानको निर्वाचनमा केन्द्रीत रहेर थापासंग नेपाल जापान डटकमका लागि आनन्द कोइरालाले गर्नुभएको कुराकानी संक्षेपमा:

तपाईको उम्मेदवारी किन र कसका लागि?

सवल र सुदृढ एनआरएनए वनाउन मेरो उम्मेदवारी हो । जापानमा रहेका सवै संघसंस्थाहरुलाई समेटेर साझा संस्थाको रुपमा विकास गर्न उम्मेदवारी दिएको हुँ ।

तपाई अध्यक्ष पदमा योग्य छु भन्ने आधार के छ?

अहिलेसम्म संस्थामा लागेर गरेको कार्य अनुभवका आधारमा भोगेका तितामिठा अनुभवहरुलाई नेतृत्वमा पुगेर काम गर्न चाहन्छु। जापानका धेरै संघसंस्थाहरुसंग संमन्वय सहित गरेको कामको अनुभवले म आफु नेतृत्वमा वसेर काम गर्न योग्य छु । हालसम्मका अनुभवलाई काम गरेर देखाउने योजना छ । म कुनैपनि पार्टीमा नलागेको भएपनि सामाजिक काम गर्ने संस्थामा राम्रो नराम्रो छुटयाउने व्यक्ति हुँ। हालसम्मको मेरो वफादारिता नै मेरो योग्यताको आधार हो ।

तपाईले जितेमा संस्थालाई के फाईदा होला?

जापानमा रहेका नेपालीहरुको हक हितका लागि तथा नेपाल मातृभूमिको उत्थानका लागि सदैव तत्पर रहने छु। नेपालमा हालै गएको विनासकारी महाभूकम्प पछिको पुन निमार्णमा विशेष सहयोगका कार्यक्रमका लागि जापानवासी नेपालीहरुलाई एक जुट बनाएर लैजाने योजना बनाएको छु। यस्तै नेपालमा पर्यटन प्रवद्र्धन तथा अन्य विशेष किसिमका कार्यक्रम वनाएको छु।

यस्तै जापानमा चर्को मुल्य तिरेर आउने नेपालीहरु माथि हुने गरेको विभिन्न किसिमका शोषण र अव्यवस्थालाई रोक्न पहल गर्ने योजना वनाएको छु। आपतकालिन तथा दिर्धकालिन हितका लागि कोषको व्यवस्था गरेर विषेश योजना अनुसार काम गर्ने छु। जापानमा भिसाको व्यापार रोक्न पहल गर्नेछु । वर्तमान कार्यसमितिले वनाएको योजना अनुसार नयाँ तथा पुराना कार्यक्रमहरुलाई निरन्तरता दिने योजना छ । आगामी डिसेम्वरमा मेरै संयोजकत्वमा विभिन्न कलाकारहरुको सहभागितामा कोष निमाणार्थ कार्यक्रम गर्दैछौ । यसलाई सफल वनाउन पनि मैले नेतृत्व लिनु आवश्यक छ ।

एक पदमा वर्तमान कार्यसमितिका उपाध्यक्ष, पूर्व उपाध्यक्ष सहित वरिष्ट व्यक्तित्वहरु समेत लाग्नुभएको छ के छ अध्यक्ष पदमा त्यस्तो, किन यति मरिहत्ते गर्नुभएको?

संस्था प्रतिको मायाका कारण पदको आकाँक्षी हुनु स्वभाविक हो । व्यक्तिमा महत्वकांक्षा पलाउनु ठूलो कुरा होइन । तर आफु सो पदमा कत्तिको योग्य छु । काम गर्ने क्षमता कस्तो छ यसवारेमा मुल्याङकन गरेर नै आउनुवेश हुन्छ । उम्मेदवारी दिएर मात्र भएन पदमा पुगेका आफुले गर्ने र गर्न सक्ने विषयमा सवैलाई प्रष्ट पार्न सकेमा राम्रो हुने थियो । मेरो हकमा सदस्य, उपाध्यक्ष हुदैँ अध्यक्ष पदमा उम्मेदवारी दिएको छु। अहिलेसम्मको आफनो कामको अनुभवलाई आफनो नेतृत्वमा कार्यन्वयन गर्ने अवसरका लागि मैले आकाक्षा राखेको हो । सवैसंग मिलेर जाने हो पदमा मात्र मरिहत्ते गरेको छैन ।

तपाईले चुनाव जितेमा कार्यकाल सफल र भिन्न रुपमा काम गरेर देखाउछु भन्ने आधार के छ?

आधार नै खोज्ने हो भने हालसम्म तीन चार कार्यकालमा काम गरेको अनुभव वोकेको हुदाँ हालसम्मको काममा भएका कमी कमजोरीलाई सच्चाउदै काम गर्ने हो । अघि नै पनि भने जापानवासी नेपालीहरुले चाहनुभएका र तत्काल गर्न सकिने केही महत्वपूर्ण कामहरु मैले प्रथमिकतामा राखेर काम गर्ने छु। यससंगै जापानमा रोजगारी तथा व्यवसायको सिलसिलामा नेपालमा कहलाएका व्यवसायीक खेलाडीहरुको ठूलो सख्या जापानमा रहेको पाएको छु। मैले उहाँहरुलाई एकजुट गरेर नयाँ किसिमको कार्यक्रम गर्ने योजना वनाएको छु । राष्ट्रका गहना खेलाडीहरुलाई समेटेर नेपालको खेल विकासमा नयाँ कार्यक्रम गर्ने सोच राखेको छु।

तपाई आफुलाई भाषण भन्दा काममा विश्वास गर्ने भनेर भन्नुहुन्छ गरेको काम पनि भन्न नसक्ने अवस्था हो?

म जापानमा गफ हैन काम गरेर देखाएको र काम पूर्ण गरेको अनुभव वोकेको व्यक्ति हुँ । काममा विश्वास राख्छु। मैले पाएको जिम्मेवारी कुनैपनि रुपमा पुरा गरेर देखाएको छु। भाषण ठूलाठूला स्वरमा गरेर काम अर्कालाई अह्राउने मेरो स्वभाव होइन । साच्चै भन्दा मलाई भाषण भन्दा काम गर्न रमाईलो लाग्छ ।

कामकै कुरा गर्दा नेपाल फेष्टिवलको व्यवस्थापन समितिमा वसेर काम गरयौ । एनआरएनए क्षेत्रीय सम्मेलन सफलता पूर्वक गरायौ । यसका साथै जापानवासी नेपालीका धेरै व्यक्तिगत तथा सामाजिक काममा आर्थिक र भौतिक सहयोग गरेका छौ । यसमा मैले नै जिम्मेवारी लिएर काम गर्ने मौका पाएको थिए । यसकारण मैले गर्ने भाषण हैन काम नै मुख्य हो ।

तपाईको अनुभवमा जापानवासी नेपालीहरुको समस्या के देख्नु भएको छ रु समाधान कसरी र कस्ले गर्ने हो?

जापानमा नेपालीहरुलाई धेरै प्रलोभव देखाएर मोटो रकम लिएर ल्याईने गरिएको छ । यहाँ ल्याएपछि श्रम शोषण गर्ने गरेको पाइएको छ । कुक, विद्यार्थी भिसामा आएका नेपालीहरुलाई धेरै समस्याहरुमा पार्ने गरेको पाईएको छ । कामदार र मालिक वीचको संझौता अनुसारको सुविधा नदिएको कुराहरु लगायतका विभिन्न समस्याहरु पाइएका छन । काम नपाएको, अलपत्र परेको, काम नपाउदाँ अन्य विभिन्न अवैधानिक काम गरेको लगायतका विषयमा धेरैलाई हामीले सहयोग गरेका छौ । यस्तो काममा हाम्रै समाजका वरिष्ठ व्यक्तिहरु नै संलग्न रहनु भएको पाईएकाले यसलाई रोक्न र समस्या समाधानका लागि पहल गर्ने छु।

यसलाई निरन्तर रुपमा लागेर समस्या समाधान गर्न सकिन्छ । काम गर्न आउनेले आफैपनि आउनुअघि भाषा अध्ययन गरेर, काम वारेमा दक्षता हासिल गरेर आएको खण्डमा सहज हुन सक्छ । जापानमा भाषा र सिपको अभावमा समस्यामा परेको पाइएकोले यसवारेमा चेतना मुलक कार्यक्रम संचालन गर्नु जरुरी छ ।

एनआरएनए जापानको अधिवेशन पूर्व सदस्य वनाउन रातारात हिडनुभयो। धेरै खर्च गरेर सदस्यता वनाएको आरोप तपाईलाई पनि लगाइएको छ । अध्यक्षमात्र वन्न किन यस्तो गर्नुभयो?

पुराना दिनमा भएका कामलाई निरुस्साहित गर्न हामीले अनलाईन फर्म दर्ता प्रणाली अपनायौ । यसले पुराना दिनका विकृतिहरुलाई रोकेको छ । जहाँसम्म मैले खर्च गरेर सदस्यता बनायो भन्ने कुरा छ यसमा सत्यता छैन । संगठनको हिसावले जापानका विभिन्न क्षेत्रहरुमा हामीहरु गएका छौ । त्यहाँ जादा आउदाँको खर्चलाई अन्य रुपले लिन मिल्दैन ।

हामीले गरेको कामका आधारमा धेरै जना स्वतस्फुर्त रुपमा सदस्यता वन्नु भएको छ । यसमा वर्तमान कार्यसमितिका सदस्यहरुको उक्तिकै पहल र सहयोग छ ।

सांगठानिक हिसावले तपाईहरुको कार्यकाल अहिलेसम्मकै असक्षम भनेर आरोप लागेको छ नी?

यसको मुल्याङकन कसरी भएको हो यसमा मलाई केही भन्नु छैन तर हामीले भ्याएसम्म र सकेसम्म संस्थालाई राम्रोसंग काम गरेर देखाएका छौ । संगठन निमार्णको विषयमा हामीले अहिलेसम्मको आकडाँ हेर्दा धेरै सख्यालाई समेटेको दावी गछौ । जापानमा भएका सवै नेपालीहरु संगठनमा सदस्यता वन्न र वनाउन गार्हो हुन्छ । हाम्रो पहँचले भ्याएसम्म र उहाँहरुको ईच्छा अनुसार संगठनमा आवद्धता गराएका छौ यसलाई हामीले सख्यात्मक हिसावले राम्रो मानेका छौ ।

एक पदमा चारजना उम्मेदवार तपाईहरुवीच सहमति हुने संभावना नै सकिएको अवस्थामा निर्वाचन भएमा तपाईको पक्षमा कति मत पाउने अपेक्षा गर्नुभएको छ?

सवैले चाहने हो भने अन्तिम समयसम्म सहमति गर्न सकिन्छ । सवैले चाहने हो भने सहमतिमा जानपनि सकिन्छ । मैले कसैलाई सहमतिमा पद छोडनु पर्छ भने एनआरएनए प्रति उसको योगदान, कार्यक्षमता हेरेर सहमति गर्न सकिन्छ ।

अहिलेसम्मको मेरो आकलनमा सवैले मलाई समर्थन गर्नु हुन्छ भन्ने मलाई लागेको छ । मेरो कार्य शैली र अनुभवलाई आधार मानेर सवैले एक पटक मलाई अन्तिम समयमा आएर सहमत हुनुहुन्छ भन्ने लागेको छ । निर्वाचन भएको खण्डमा मेरो पक्षमा कुल खसेको मतको ६० प्रतिशत मेरो पक्षमा पर्ने मेरो दावी गर्नसक्छु।

प्रतिक्रिया