साझा र जनकलाई मर्न दिनुहुन्न: डा भट्टराई

इनेप्लिज २०७२ भदौ १४ गते १५:३९ मा प्रकाशित

Baburam_Bhattaraiकाठमाडौँ, १४ भदौ । एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले राज्यको धरोहरका रुपमा रहेका साझा प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मर्न दिन नहुने बताउनुभएको छ ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झासँगको भेटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले राज्यका निकायलाई कमजोर बनाएर निजी क्षेत्रलाई पोस्ने माफियाकरणविरुद्धका युद्धमा आफ्नो र पार्टीका तर्फबाट सहयोग हुने विश्वास पनि दिलाउनुभयो । डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला प्रकाशनलाई शिक्षा मन्त्रालयको मातहतमा ल्याएको स्मरण गराउँदै यसलाई बचाएर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

महाप्रबन्धक शर्माले भट्टराईको आश्वासनबाट आफूहरुले चलाइरहेको साझा बचाऔँ अभियान र राज्यका निकायबाट जनतालाई छिटो र सुलभ सेवा दिने अठोटमा बल पुगेको बताउनुभयो ।

शिक्षामन्त्री चित्रलेखा यादवले गत साता विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र बिक्रीवितरणमा ती निकायलाई पुनःएकाधिकार दिने निर्णय गरे पनि निजी क्षेत्रले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया