विश्व शान्तिप्रति नेपालको प्रतिबद्धता सन्देश संसारमा फैलाउन आग्रह

इनेप्लिज २०७२ भदौ १४ गते १४:१५ मा प्रकाशित

Rambaranकाठमाडौँ, १४ भदौ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादवले हाल विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रमा संयुक्त राष्ट्र सङ्घले शान्ति कायम गर्न गरेको प्रयासमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रही आएको बताउनुभएको छ ।

बलाध्यक्ष रथी बलदेवराज महतले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ युएनआइएफआइएल मिसन लेबनानमा तैनाथ हुन जाने गोरखदल गण (शासे) ५७ औँ डप्mफा र युएनएएमआइ मिसन इराकमा तैनाथ हुन जाने युएनएएमआइ गार्ड युनिट भी (ए) को वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको प्रिडिप्लोइमेन्ट तालिमको अन्तिम निरीक्षण गर्दै राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।
सन्देशमा राष्ट्रपतिले योग्य सैनिकका रुपमा परिचय गराई आप्mनो पेसागत दक्षता, मानवाधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको प्रतिबद्धता सन्देश संसारमा फैलाउने कार्यमा सफलताका लागि शुभकामना दिनुभएको छ ।

सो अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै बलाध्यक्ष रथी महतले युएनएफआइएल÷युएनएएमआइ मिसन चुनौतीपूर्ण भएको हुँदा राष्ट्र सङ्घको नीतिनियमको अक्षरशः पालना गर्न एवम् राष्ट्र सङ्घ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिनुभयो ।

सन्ताउन्न वर्षदेखि शान्ति स्थापनामा योगदान पुर्‍याउँदै आएको नेपाली सेनाले हालसम्म एक लाखभन्दा बढी शान्ति सैनिक ४० मिसनमा खटाई विश्व शान्तिका लागि योगदान दिइसकेको छ । हाल १४ मिसनमा चार हजार ३६७ शान्ति सैनिक कार्यरत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया