अनशनरत केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उहाँको मागप्रति चासो व्यक्त

इनेप्लिज २०७२ भदौ १४ गते १३:४० मा प्रकाशित

Rss_Images_1441015761537_RoS-Ktm-Govinda (1)काठमाडौँ, १४ भदौ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा गएको समितिका सदस्यको टोलीले आज आमरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उहाँका माग र सरकारले विगतमा उहाँसँग गरेको सम्झौताका बारेमा चासो व्यक्त गर्‍यो ।

स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै आठ दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा आमरण अनशनमा रहनु भएका डा केसीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सभापति श्रेष्ठले उहाँका मागप्रति संवेदनशील हुँदै अविलम्ब अनशन तोडाउनका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

प्रा डा केसीको अनशनप्रति ऐक्यबद्धता व्यक्त गर्न शिक्षण अस्पतालका चिकित्सकले अवरुद्ध गर्दै आएको अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा अविलम्ब सञ्चालन हुने वातावरण निर्माण गर्न समितिले माग गरेको छ ।

प्रतिक्रिया