दुई बालिका बेपत्ता

इनेप्लिज २०७२ भदौ १४ गते १२:१९ मा प्रकाशित

सल्यान, १४ भदौ । सदरमुकाम खलङ्गाबाट १२ दिनदेखि दुई बालबालिका बेपत्ता भएका छन् ।

शारदा नगरपालिका–२ खलङ्गाका रामबहादुर विककी छोरी १२ वर्षीया विमल र नौवर्षीय दीपा यही भदौ २ गते हराइरहेकामा अझै फेला परेका छैनन् ।
सो दिन घर नजिकैको बाटामा खेलिरहेको अवस्थामा हराएका बालिकाकी हजुरआमा शान्ताले जानकारी दिनुभयो । खलङ्गाकै बाल शिक्षा मन्दिरमा अध्ययनरत बालिकामध्ये विमला सुस्त मनस्थितिकी छन् । बेपत्ता बालिकाको खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया