पोखरा, १४ भदौ । ‘हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर’ भन्ने नारासहित आज यहाँ महिला सद्भाव र शान्ति महिलाद्वारा सद्भाव र्यालीयाली निकालियो ।
पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको आह्वानमा निकालिएको उक्त ¥यालीमा सहभागी महिलाले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
पोखराको सभागृहचोकबाट सुरु भएको महिलाद्वारा सद्भाव र्यालीयाली सिर्जनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । उक्त महिलाद्वारा सद्भाव र्यालीयालीमा पोखराका २८ वटै वडाका महिला अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
¥यालीको समापनमा नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले मुलुकमा महिला हिंसा अन्त्य गरी शान्ति र सद्भाव कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया