विराटनगरमा पत्रकारको गाडीमा तोडफोड

इनेप्लिज २०७२ भदौ १४ गते ८:२७ मा प्रकाशित

विराटनगर, १४ भदौ । संयुक्त मधेसी मोर्चाका बन्दकर्ताले विराटनगरमा आज बिहान दुईवटा प्रेसको गाडीमा तोडफोड गरेका छन् ।

विराटनगरस्थित मकालु टेलिभिजनको प्रेस लेखिएको बा १० च ३९३७ नंको गाडीलाई रोडशेष चोकमा बन्दकर्ताले तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

त्यसैगरी विराटनगर–८ स्थित शिव मन्दिरनजिक हिमालय टाइम्स दैनिकको पूर्वाञ्चल क्षेत्रीय प्रमुख निर्मल ढुङ्गाना चढ्नुभएको मोटरसाइकल बन्दकर्ताले तोडफोड गरेका छन् ।

प्रेस लेखिएको को१३प ९७३ नंको सो मोटरसाइकलको अगाडिको सिसा फुटेको छ ।

बन्दकर्ताले पत्रकारको गाडीलाई निर्वाधरुपमा चल्न दिने भनिए पनि त्यसको उल्लङ्घन भएको छ ।

प्रतिक्रिया