गाईघाट (उदयपुर), १३ भदौ । नेपाल विद्युत् प्राधिकरण कार्यालयले लामो समयदेखि विद्युत् महसुल नझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।
गत आव २०७१÷७२ मा मात्र प्राधिकरण कार्यालय उदयपुर गाईघाटसँग आबद्ध ग्राहकबाट रु दुई करोड २५ लाख २९ हजार दुई सयभन्दा माथि विद्युत् महसुल उठ्न बाँकी रहेको प्राधिकरण कार्यालय उदयपुर गाईघाटले बताएको छ ।
पटक पटक ताकेता गरिए पनि समयमा धेरै ग्राहकले विद्युत् महसुल नबुझाएका कारण लाइन काट्न सुरु गरिएको जनाइएको छ । समयमा महसुल नझाएपछि सम्बन्धित ग्राहकको लाइन काट्न सुरु गरिएपछि अहिलेसम्ममा पाँच सयभन्दा बढी ग्राहकको लाइन काटिसकिएको प्राधिरकण गाईघाटका प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो ।
प्रतिक्रिया