सिटी रेबान दसैँ महोत्सव असोज चौथो सातादेखि

इनेप्लिज २०७२ भदौ १३ गते २:३९ मा प्रकाशित

पोखरा, १२ भदौ । सिटी रेबान पोखराले आगामी असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा ‘चौथो सिटी रेवान दसँै महोत्सव’ गर्ने भएको छ ।

महोत्सवमा दसैंका लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयांँ नोटदेखि खाद्यान्न, लत्ताकपडा, खसी, च्याङ्ग्रालगायत वस्तु राखिने संस्थाका अध्यक्ष तथा महोत्सव आयोजक समितिका अध्यक्ष शेपी शर्माले शनिबार बताउनुभयो ।
महोत्सव आकर्षणका लागि लोकदोहोरी गीत प्रतियोगिता पप कन्सर्ट, विविध सांस्कृतिक कार्यक्रम, हास्य कलाकारको प्रस्तुति, गृहिणी नृत्य प्रतियोगिता, रत्यौली र बाल नृत्य प्रतियोगिता पनि महोत्सवमा राखिने छ । त्यस्तै बाल उद्यान, कृषि प्रदर्शनी, भारतबाट आएका कलाकारको भोजपुरी, बिहारी र हिन्दी नृत्य प्रस्तुति पनि रहनेछ । महोत्सवमा दर्शकहरुलाई कोदोका परिकार र भुटेका मकै खुवाइने कार्यक्रम पनि छ ।
महोत्सव सम्पन्न गर्न सिटी रेबानका अध्यक्ष केपी शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रतिक्रिया