श्रीमान्लाई साढे दुई वर्ष र कान्छी श्रीमतीलाई एक वर्ष कैदको फैसला

इनेप्लिज २०७२ भदौ १२ गते ३:३८ मा प्रकाशित

दमौली, १२ भदौ । तनहुँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा तनहुँको भिमाद–१ का रविन्द्र श्रेष्ठलाई दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवाना तथा कान्छी श्रीमती शोभालाई एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले शुक्रबार उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

घरमा जेठी श्रीमती २२ वर्षीया ललिता हुँदाहुँदै कान्छी श्रीमतीको रुपमा शोभालाई भित्र्याएपछि ललिताले उनीहरु विरुद्ध दर्ता गरेको बहुविवाहसम्बन्धी मुद्दामा सो फैसला भएको हो ।

प्रतिक्रिया