संघीयतामा बाहुनजात्रा र ”सापारु” !!

इनेप्लिज २०७२ भदौ १२ गते ३:३६ मा प्रकाशित

thumb

गाई जस्ती सोझिलाई खोजि रोजी किन

जात्रा भन्ने मात्रा जोडी काउ कुति लिन
मानिसले चलाएको रिति रिबाजले
मख्खै पार्छ, गाउबाट हेर्न आउछ घले

बिग्रिएर भत्किएको जति सबै कुरा
राम्रै भएपनि त्यहि न हुदामा पुरा
गाइ लाइ अघि सारी जात्रा भयो भनि
जात्रा भनि भन्दारेछ्न उठ्छ हाँसो अनि

गाइजात्रा त्यो हुने गर्छ के के गरि भन
गनी साध्ये छैन हेर बिचार गर्दा झन
जे बिग्रन्छ त्यहि जात्रा न भएर त्याहा
सधैभरी गाइजात्रा किन भाको याहा

भीरबाट भैंसी लड्यो गिदी छताछुल्ल
दौडी दौडी हेर्न गयो रणे रनभुल्ल
फर्की आइ घरमा भन्छ गाईजात्रुई भा’छ
गाइजात्रा नै हुनुपर्ने भैंसी जात्रा काँ’ छ

श्रीमतीले छानी छानी सारी चोली लाइन
दिदि कस्ती भइन भन्दै बैनी हेर्न आइन
कुर्कुच्चा त छोपेनछ सारी माथि गा’छ
गाइजात्रा नै भयो भन्छिन सारिजात्रा काँ’ छ

आविस्कार नया नया खोज थरि थरि
नौलो फेसन निस्क्यो हेर जात्रै हुने गरि
अनिता र विनिताले कट्टु लाको हेरे
अचम्म भै जिभ्रो टोक्छन् गाइजात्रा नै भो’रे

गाउबाट भिड लाग्न आए सभासद
कोहि होचा कोहि अग्ला थिए पुड्का कद
देश प्रेम झल्काउने तीव्र इच्छा उनको
कालो चस्मा लगाएर घडी लाए सुनको

मायामोह टाई माथि, लाउछु भन्दै लाए
दौरा माथि टाई भिर्दै गित गुन्गुनाए
यसलाई पनि भनु अब गाइजात्रा नै है’त
सुट बाट बसै सर्दा टाई जात्रा खै ‘त

देश भयो भताभुंग लाखा पाखा सबै
सुर्खेतबाट डोको बोकी तर्न लाग्यो बबै
झिटी झाम्टा डोको भरि कुखुराको कोक्रो
बिचमा खुट्टा धर्मरायो पेट थियो खोक्रो

थाप्लोबाट डोको फुस्क्यो बबै खोला भित्र
दाया बाया सबै थिए डोको बोक्ने मित्र
कठै बरा ! सबै भन्थे भयो गाइजात्रा
रमिता भो वरिपरी खै’त देशजात्रा

जय नेपाल !

प्रतिक्रिया