वामी विश्व सम्पर्क मञ्चद्वारा उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ भदौ ११ गते १०:५८ मा प्रकाशित

गुल्मी, ११ भदौ । गुल्मीको वामी गाविसभित्रका उत्कृष्ट ४४ विद्यार्थीलाई वामी विश्व सम्पर्क मञ्चले रु एक लाख चार हजार छात्रवृत्ति वितरण गरेको छ ।

वामी गाविस–६ निवासी हाल रोजगारीको सिलसिलामा जोडनमा कार्यरत हेमु बोहोराले छात्रवृत्तिका लागि गरेको आर्थिक सहयोगबाट आज छात्रवृत्ति वितरण गरिएको हो ।

जसमध्ये मञ्चले प्राथमिक तहमा प्रतिविद्यार्थी रु दुुई हजारका दरले ३८ जना विद्यार्थी, माध्यमिक तहमा रु पाँच हजारका दरले ६ जना गरी जम्मा ४४ विद्यार्थीलाई रु एक लाख चार हजार छात्रवृत्ति रकम वितरण गरिएको मञ्चका कोषाध्यक्ष महेश्वर घिमिरेले जानकारी दिनुभयो ।

छात्रवृत्ति रकम गाविसका १३ प्राथमिक, दुई मावि गरी १५ विद्यालयका तीन उत्कृष्ट विद्यार्थीका दरले ४४ विद्यार्थीलाई वितरण गरिएको हो ।

प्रतिक्रिया