थारुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने: लेखी

इनेप्लिज २०७२ भदौ ११ गते १०:१५ मा प्रकाशित

विराटनगर, ११ भदौ । थारु कल्याणकारिणीसभाका पूर्वअध्यक्ष राजकुमार लेखीले दाङदेखि कञ्चनपुरसम्म र बढीमा चुरे क्षेत्र मिलाएर थरुहट प्रदेश निर्माण हुनुपर्ने आपूmहरुको माग रहेको बताउनु भएको छ ।

थारु समाजद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कुनै जाति, समुदाय, क्षेत्र र भूगोलको विरुद्ध नभई एकात्मक शासकविरुद्धको लडाइँ रहेको उल्लेख गर्नु भयो ।

सरकारसँग वार्ता तत्काल हुन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “थुनामा रहेका थारुको रिहाइ, सेना परिचालन फिर्ता हुनुपर्ने, कफ्र्यु र निषेधाज्ञा हटाउनुपर्छ ।”

उहाँले कैलाली टीकापुरको घटनाप्रति दुःख व्यक्त गर्दै केही सञ्चारमाध्यमले एकतर्फी समाचार प्रवाह गरिरहेको र मानवअधिकारवादीका सङ्गठन पनि पूर्वाग्राही भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया