भूकम्पपीडित वृद्धवृद्धा भन्छन्, दैवले ठगेकै बेला, सरकारी भत्तामा पनि कम

इनेप्लिज २०७२ भदौ ११ गते ९:४७ मा प्रकाशित

दोलखा, ११ भदौ । दोलखा भीमेश्वर नगरपालिका–१ को एकल महिला नैनालक्ष्मी शिवाकोटीले हरेक चार÷चार महिनामा रु दुई हजारका दरले भत्ता पाउने गर्नुभएको थियो । तर यो पटक भने उहाँले रु एक हजार ४०० मात्र पाउनुभएको छ ।

भूकम्पले सबै कुरामा क्षति पु¥याएको र दैवले समेत ठगेको बेला झन सरकारले भक्तासमेत घटाएर पठाएको छ नैनालक्ष्मीले भन्नुभयो– “यो बेला त सरकारले अरु बेलाभन्दा बढी पो दिनुपर्ने हैन र ? दोलखाको १८ गाविस र एक नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकले यो पटक विगतको भन्दा कम भत्ता दिइएको गुनासो गरेका छन् । भूकम्पले क्षति पु¥याएको बेला सरकारले भत्ता रकमसमेत घटाएर झन पीडा थपिदिएको उनीहरुको गुनासो रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिकामा रहेका एक हजार ५१४ जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका मानिसलाई तेस्रो किस्ता भत्ताका लागि रु ३० लाख दुई हजार ८०० लाग्नेमा जिल्ला विकास समिति दोलखाले रु १८ लाख १५ हजार ४०० मात्र निकासा दिएकाले सबैलाई पूरै रकम दिन नसकिएको भीमेश्वर नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख ज्ञानु खड्काले बताउनुभयो ।

भत्ता निकासा कम भएपछि भीमेश्वर नगरपालिकाभित्र रहेका ९३३ जना ज्येष्ठ नागरिक, ८७ जना ज्येष्ठ दलित र ५५४ जना एकल महिलालाई तेस्रो किस्तामा रु ५०० कम दिइएको खड्काले बताउनुभयो तर आंशिक अपाङ्गता भएका १९ जना र पूर्ण अपाङ्गता भएका आठ जनालाई भने पाउनु पर्ने पूरै भत्ता दिइएको खड्काले उल्लेख गर्नु भयो ।

जिल्लाको बोच गाविसमा रहेका १६२ जना ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित २३ जना, आंशिक अपाङ्गता भएका एक जना र एकल महिला ५५ जनाले पनि यो पटक कम भत्ता पाएको गाविस सचिव रामु पौडेलले जानकारी दिनुभयो ।
यो पटक युनिसेफले भूकम्पपीडित ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका मानिसलाई प्रतिव्यक्ति रु तीन हजार दिएकाले राहत पर्याप्त भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया