बिजुली सुचारु हुँदा उपभोक्ता हर्षित

इनेप्लिज २०७२ भदौ ११ गते ८:३४ मा प्रकाशित

bijuliगुल्मी, ११ भदौ । गुल्मीको वामी गाविस–१ बाट सञ्चालित दरमखोला लघुजलविद्युत् परियोजनाको कुलोको नहर पहिरोले बगाउँदा तीन गाविसका करिब ९०० घरधुरी अध्याँरोमा बसिरहेका उपभोक्ता तथा व्यवसायीलाई संस्थाले आंशिक रुपमा भए नि बिजुली आपूर्ति गर्न सुरु गरेको छ ।

गत भदौ ४ गतेको वर्षाले नहर पहिरोले बगाउँदा अवरुद्ध बनेको दरमखोला लघुजलविद्युत् परियोजनाको नहरको मर्मत कार्यमा केही दिन लाग्ने भएपछि संस्थाले आंशिकरुपमा परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि वामीको बिजुलीलाई परियोजनामा जडान गरी प्रत्येक दिनको झन्डै १२ घन्टा विद्युत् सञ्चालन भएपछि अति आवश्यक मोबाइल फोन तथा विद्युत्बाट सञ्चालित सम्पूर्ण उद्योगधन्दा कलकारखाना सञ्चारमाध्यमलगायतका आंशिकरुपमा सञ्चालनमा ल्याइएको परियोजनाका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

यसरी आंशिकरुपमा भएपनि जिल्लाको वामी, मुसिकोट तथा छिमेकी जिल्ला बागलुङको दगातुम्डाँडा गरी तीन गाविसका करिब ९०० घरधुरीका उपभोक्ता आंशिकरुपमा विद्युत्बाट सेवा लिन पाउँदा हर्षित भएका छन् ।

प्रतिक्रिया