शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०८:३३
वासिङटन डिसी 21:48

एमाले सभासद्को कार्यालयमा तोडफोड

इनेप्लिज २०७२ भदौ ११ गते ८:२१ मा प्रकाशित

सप्तरी, ११ भदौ । आन्दोलनकारीको एक समूहले आज बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् ।

सयौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले बिहान एक्कासि कार्यालयमा आएर तोडफोड गरेको एमाले कार्यालयले जनाएको छ ।

प्रदर्शनकारीले कार्यालयभित्र रहेका टेबुल र बोड तोडफोड गर्नुका साथै कार्यालयको झन्डा र बोडलाई बाहिर निकालेर जलाइ दिएका छन् र तोडफोडबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजातसमेत नष्ट पारिएको बताइएको छ ।
एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले सभासद्को कार्यालयमा कसले तोडफोड गरेको अहिलेसम्म एकीन नभएको बताउँदै शान्ति सुरक्षाको माग गर्नुभएको छ ।

प्रतिक्रिया