दैवीप्रकोष राहत कोषमा सात लाख सङ्कलित

इनेप्लिज २०७२ भदौ ११ गते ८:१४ मा प्रकाशित

दमक, ११ भदौ । यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको दैवी प्रकोप राहत कोषमा करिब रु सात लाख सङ्कलन भएको छ ।

दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म रु छ लाख ९० हजार ३०० जम्मा भएको जनाइएको छ । सङ्घले आव २०७१÷७२ देखि सङ्घमा आबद्ध हुने सबैलाई कोष वृद्धिका लागि रु १०० अनिवार्य जम्मा गर्नुपर्ने नियम गरिएपछि क्रमशः कोषमा रकम वृद्धि हुँदै गएको सङ्घका अध्यक्ष प्रकाश प्रसार्इंले जानकारी दिनुभयो ।

प्राकृतिक प्रकोपमा हुनसक्ने जोखिम तथा उद्धार, राहत सहयोग उपलब्ध गराउन कोष स्थापना गरिएको उहाँले बताउनुभयो । यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले समेत सोही कोष अभिवृद्धिका लागि रु ५० हजार दिनुभएको बताइएको छ ।

प्रतिक्रिया