तीन सयभन्दा बढी गाडी सप्तरी हुँदै गन्तव्यतर्फ पुर्‍याइयो

इनेप्लिज २०७२ भदौ ११ गते ७:१३ मा प्रकाशित

सप्तरी, ११ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण अलपत्र अवस्थामा रहेका ३०० भन्दा बढी सवारीसाधनलाई सप्तरी प्रहरीले आज सुरक्षा घेरा दिएर गन्तव्यतर्फ पठाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा रोकी राखेको १६५ गाडीलाई सप्तरी हुँदै सुनसरीसम्म प्रहरीले सुरक्षा दिएर पु¥याएका छन् भने सुनसरीको कोसी ब्यारेजबाट सप्तरी हुँदै १४७ वटा सवारीसाधनलाई सिरहासम्म पुर्‍याएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालध्वज सुुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया