चारसय गाडीलाई सुरक्षा घेरामा राखी गन्तव्यमा पठाइयो

इनेप्लिज २०७२ भदौ ११ गते ४:४६ मा प्रकाशित

विराटनगर, ११ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट बन्दका कारण अलपत्र अवस्थामा रहेका करिव चार सय गाडीलाई सुरक्षा घेरामा राखी गएराति गन्तव्यतर्फ पठाइएको छ ।

विराटनगर भन्सारको परिसरमा थन्किएका ८२ वटा इन्धन बोकेका ट्याङ्कर, मालवाहक ट्रकका साथै राजमार्ग आसपासमा रहेका सवारीसाधन गरी दुई सय १० वटा गाडीलाई सुरक्षित स्थानमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी सुनसरीबाट सुरक्षा घेरामा आएका गाडीलाई जिल्लाको सीमावर्ती निमुवामा आफ्नो नियन्त्रणमा लिई गन्तव्यमा पठाइएको छ । सो क्रममा विराटनगरतर्फ आउन खोजेका राजमार्गका क्षेत्रका गाडीसमेत गरी भारततर्फ जाने एक सय ४० वटा गाडीलाई सीमा कटाई भारतमा पठाइएको छ । यसका साथै ६८ वटा गाडीलाई सुरक्षित साथ विराटनगर भन्सारको परिसरमा राखिएको छ ।

प्रतिक्रिया