सात थान साइकलसहित काठ नियन्त्रणमा

इनेप्लिज २०७२ भदौ ११ गते ४:४३ मा प्रकाशित

442रौतहट, ११ भदौ । जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले गएराति अवैध रुपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ ।

जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहअन्तर्गतको जङ्गलबाट राति १० बजे काठ चोरी–निकासी गरी ल्याउँदै गरेको अवस्थामा सात थान साइकल नियन्त्रणमा लिएको हो ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामकेवल यादवको नेतृत्वमा गएको टोलीले साइकल तथा करिब ५० क्युविक फिट सालको काठसमेत नियन्त्रणमा लिएको हो । वन गस्ती टोलीलाई देख्नासाथ काठ तस्करीमा संलग्न व्यक्ति भागेका थिए । उनीहरुको खोजी भइरहेको छ । काठ तथा साइकल इलाका वन कार्यालय चेतनगरमा राखिएको छ ।

प्रतिक्रिया