सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति नदिन आग्रह

इनेप्लिज २०७२ भदौ ११ गते ४:२३ मा प्रकाशित

कञ्चनपुर, ११ भदौ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सद्भाव बिगार्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

भेला, सभा, र्‍याली लगायतका कार्यक्रम गर्नुपूर्व प्रशासन कार्यालयलाई जानकारी गराई गर्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज अधिकारीले बताउनुभयो । “सुरक्षा खतरालाई ध्यानमा राख्दै राजनीतिक दल र सङ्घसंस्थालाई विरोध लगायतका कार्यक्रम गर्नुपूर्व जानकारी गराउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “शान्ति सुव्यवस्था कायम गर्नका लागि यसले मद्दत पु¥याउने भएकाले पूर्वजानकारी गराउन आग्रह गरेका हौँ ।”

“राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्था प्रतिनिधिसँग बैठक गरी यसबारे आग्रह गर्दा सबै जनाले सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया