दोषीमाथि कारबाही माग

इनेप्लिज २०७२ भदौ १० गते १५:३० मा प्रकाशित

काठमाडौँ, १० भदौ । रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै स्थानीय कालीमाटीमा रहेको एक्सप्रेस इन्ट्र एजुकेसन वल्र्ड प्रालिले ठगी गरेका ११ युवाले संस्थाका सञ्चालकमाथि कारबाहीको माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पीडितले सो कन्सल्टेन्सीकै प्रबन्ध निर्देशक साधना बस्नेतले आपूmहरुसँग कुल रु ४५ लाख ३० हजार दक्षिण अफ्रिका पु¥याउने भनी पैसा लगेर अहिले पन्छिन खोजेकाले उनीमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरे ।

पीडित राकेश पाण्डेले आफूहरुसँग संस्थाको प्रबन्ध निर्देशक भनेर रकम लिएकी बस्नेतले अहिले आएर गुणराज लामा कन्सल्टेन्सीको प्रमुख भएको र पैसा उनले नै लगेको भनेपछि आपूmहरु अन्योलमा परेको बताउनुभयो ।

प्रतिक्रिया