युवती मार्ने युवक पक्राउ

इनेप्लिज २०७२ भदौ १० गते १५:१३ मा प्रकाशित

काठमाडौँ, १० भदौ । महानगरीय प्रहरी वृत्त गौशालाले सोनीया श्रेष्ठको हत्यारा अविनाश थिङलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

होटल गौशालाको ११८ नम्बर कोठामा आज बिहान थिङले रुमालले घाँटी बाँधी श्रेष्ठको हत्या गरी फरार रहेको अवस्थामा सिनामङ्गलबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसरमा आज पत्रकार सम्मेलन गरी प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले दुवै जनाबीच लामो समयदेखि मित्रता रहँदै आएको र शारीरिक सम्बन्धसमेत कायम भएपछि केटीले विवाहका लागि दबाब दिएका कारण विवाद उत्पन्न भई थिङले श्रेष्ठको ज्यान लिएको जानकारी दिनुभयो ।

यस्तै परिसरले नक्कली अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । धादिङ केवलपुर घर भई हाल काठमाडौँ तिलगङ्गा बस्ने २५ वर्षीय जितेन्द्र तामाङलाई ३५० अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

यसैगरी चावहिल, गौशाला, रातोपुल, कालोपुललगायत क्षेत्रमा गुण्डागर्दी गरेर पैसा उठाउने ओखलढुङ्गा रुम्जाटार घर भई हाल कपन बस्ने २३ वर्षीय असिम भन्ने निसान गुरुङलाई पक्राउ गरेको छ ।

यस्तै परिसरले छुरा प्रहार गरी भाग्दै गरेको अवस्थामा विशेष सूचनाका आधारमा जीवन सुन्दास र प्रविन नेपालीलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया