प्रेश विज्ञप्ति ! एन्भा नासाको तीनदिने भव्य कार्यक्रम !

इनेप्लिज २०७२ भदौ १० गते १२:३६ मा प्रकाशित

uaeएन्भा नासा ज्वाइन कन्भेन्सनको नर्थ क्यारोलिना अन्तर्गत भ्यू प्वाइन्टमा ५ सेप्टेम्वर २०१५ तारिख शनिवारका दिन १:३० देखि ३:३० सम्म न्युओर्क अवस्थित बारिष्ठ आप्रवासी कानुनबिद् तथा ( Immigration Lawyer), श्री बासु फुलारा,यहाँहरू माझ TPS सुविधाका सम्बन्धमा सल्लाह र सुझाव दिनका लागि आउंदैहुहुनुन्छ | यहाँहरुसँग TPS सम्बन्धि कुनै पनि जिज्ञासा वा बिचार भएमा सो कार्यक्रममा सहभागी भई आफ्ना प्रश्न/ जिज्ञासाहरु श्री फुलारा ज्यू समक्ष राख्न सक्नुहुनेछ चर्चित कानून विद वासु फूलाराको उपस्थितिमा टिपियसको कार्यक्रम राखिने कुरा कार्यक्रम संयोजक राधा पौडेलले जानकारी दिनु भयो |

उक्त्त कार्यक्रममा एनआरएनका च्याप्टर अध्यक्ष रेवति अधिकारी तथा एनआरका बोर्ड अफ डाइरेक्टर गोविन्द श्रेष्ट लगायत सम्पूर्ण एनआरएन च्याप्टरका सम्पूर्ण सदस्यहरूले समेत सहयोग गर्नु हुने छ । उक्त स्थानमा टिपियस संवन्धित जानकारी तथा फारम भर्न सहयोग समेत गर्ने महिला कोडिनेटर राधा पौडेलले जानकारी दिनु भयो |
उहाँको अनुसार ३:३० देखि ५ बजे सम्म नाटय शैलिमा महिलाको महान चाड तिजको समेत कार्यक्रम राखिएको छ । उक्त कार्यक्रम एनआरएन अमेरिकाको महिला कमिटीले आयोजना गरेको हो ।
सोही ठाउँमा भोलीपल्ट आईतवारका दिन १.३० देखि ५ वजे सम्ममा एनआरएनको हेल्थ डिपार्टमेन्टका ईन्चार्ज डा सन्जिव सापकोटा र माधव उप्रेतीका साथै एनआरएनकै महिला कोअर्डिनेटर राधा पौडेल,एनआरएनका वोर्डअफ डाइरेक्टर गोविन्द श्रेष्ठ , एनआरएनका च्याप्टर अध्यक्ष रेवति राज अधिकारिको पनि सहभागिता हुने कार्यक्रममा सहभागिता भई विभिन्न सहयोग तथा सुविधा लिनहुन आयोजक कमिटीले अनुरोध गरेको छ

प्रतिक्रिया