भीमदत्तनगर, १० भदौ । टीकापुरमा भएको हिंसात्मक झडपमा परी उपचारका क्रममा बुधबार राति मृत्यु भएका प्रहरी हवल्दारको शव परिवारजनलाई बुझाइएको छ ।
कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–७ सिमलफाँटा घर भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडाँैमा मृत्यु भएको थियो । उहाँको शव आज दिउँसो नेपाली सेनाको हेलिकप्टरले कञ्चनपुर पु¥याएको हो ।
यहाँस्थित शसस्त्र प्रहरी शैलेश्वरी गणमा हेलिकप्टरले शव पु¥याएर आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँस्थित सर्वोच्च अदालतमा दरबन्दी भएका हवल्दार नेगी टीकापुर प्रहरी कार्यालयमा काजमा खटिएका थिए ।
उहाँको परिवारमा श्रीमती, दुई छोरा तीन छोरी छन् । नेगीको शव गाउँमा पुग्दा रुवाबासी मच्चिएको थियो । स्थानीयबासीले दिएको जानकारीअनुसार नेगीको आजै महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया