चट्याङ पर्दा पचास बाख्रा मरे

इनेप्लिज २०७२ भदौ १० गते ४:४७ मा प्रकाशित

thunderstromeजाजरकोट, १० भदौ । जाजरकोटको कोर्टाङ गाविस–६ मा कालीबहादुर बस्नेतको गोठमा गएराति ८ बजे चट्याङ पर्दा ५० वटा बाख्रा मरेका छन् ।

चट्याङबाट घरधनी कालीबहादुर गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

उक्त ठाउँ सदरमुकाम खलङ्गाबाट तीन दिनको पैदल दूरी रहेको छ ।

प्रतिक्रिया