नेता पौडेलका हत्यामा संलग्न थप दुई पक्राउ

इनेप्लिज २०७२ भदौ १० गते ४:४० मा प्रकाशित

pakraauपोखरा, १० भदौ । नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संंलग्न थप दुईजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ–१२ का विश्वास गौतमलाई भारतको देहरादुन र लेखनाथ–१३ का प्रकाश गुरुङलाई पोखराबाटै पक्राउ गरिएको हो । हत्यामा संलग्न अर्का रबिन केसी भने अभैm फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

गौतम भारतको देहरादुनमा रहेको सूचना पाएपछि भारतबाट पक्राउ गरी रुपन्देही हुँदै पोखरा ल्याइएको हो । प्रहरीले यसअघि उक्त घटनामा संलग्न नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने र तरुण दलका कार्यकर्ता राजु रानाभाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पौडेलको हत्यामा संलग्न आरोपीलाई आज पत्रकारसम्मेलनको आयोजना गरी सार्वजनिक गरिने बताएको छ ।

प्रतिक्रिया