करुणा फाउन्डेसनद्वारा एक सय छ थान सामग्री वितरण

इनेप्लिज २०७२ भदौ १० गते २:४१ मा प्रकाशित

इलाम, १० भदौ । करुणा फाउन्डेसनको सहयोगमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रममार्फत जिल्लाका १२ गाविसका अपाङ्गता भएका व्यक्तिलाई एक सय ६ थान सामग्री वितरण गरिएको छ ।

फाउन्डेसनले अपाङ्गता भएकालाई अन्य सरह जीवनयापन गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन भएका गाविसमा ह्विलचियर, स्पेसल चियर, स्ट्यान्डिङ फ्रेम, वाल्कर, क्यानस्टिक, सेतो छडी र विशेष प्रकारको जुत्ता वितरण गरेको हो । संस्थाले लुम्दे, इराँैटार, प्याङलगायत गाविस ती सामग्री वितरण गरेको जनाएको छ ।

फाउन्डेसनले सहायक सामग्री वितरणका लागि सञ्चालित गाविसमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरमा आएका लक्षित वर्गलाई छनोट गरी सहायता सामग्री उपलब्ध गराएको जानकारी संस्थाका प्रदीप अधिकारीले दिनुभयो ।

प्रतिक्रिया