प्रहरीले पत्रकारलाई इमेलमार्फत सूचना दिने

इनेप्लिज २०७२ भदौ १० गते १:५७ मा प्रकाशित

email_419303291खोटाङ, १० भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले पत्रकारलाई इमेलबाट सूचना उपलब्ध गराउन सुरु गरेको छ । समाचार लेख्नुअघि सूचनाका लागि प्रहरीलाई फोन गर्दै आएका जिल्लाका पत्रकारलाई पहिलोपल्ट बुधबारदेखि इमेलबाट सूचना दिने व्यवस्था मिलाएको हो ।

सञ्चारमाध्यमलाई दिन मिल्ने प्रकृतिका घटना प्रधान सूचना तथा जानकारी दिनका लागि प्रहरी कार्यालयले जिल्लामा क्रियाशील पत्रकारको इमेलसमेत सङ्कलन गरेको छ । आठ दिनअघि कार्यालय प्रमुखको भूमिका सम्हाल्न खोटाङ आउनुभएका प्रहरीनायब उपरीक्षक विद्यानन्द माझीले पत्रकारसँगको परिचयात्मक कार्यक्रममा हरेक दिनको घटना प्रधान सूचना इमेलबाट उपलब्ध गराउने जानकारी गराउनुभयो ।

परिचयात्मक कार्यक्रममा प्रनाउ माझीले शान्तिसुरक्षा कायम गर्ने क्रममा कसैसँग ‘सम्झौता’ नगर्ने बताउनुभयो ।

प्रतिक्रिया