एक महिनामा २० वटा बलात्कारको घटना

इनेप्लिज २०७२ भदौ ९ गते १५:२१ मा प्रकाशित

rape4काठमाडौँ, ९ भदौ । सञ्चारिका समूह नेपालले यस वर्षको साउन महिनाभित्र २० जना किशोरी तथा महिला बलात्कारको शिकार भएको जनाएको छ ।

सो संस्थाले विभिन्न १५ वटा राष्ट्रिय दैनिकको अध्ययन गर्दा एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री प्रकाशित भएको पाइएको छ ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो । यसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य छन् ।

साउन महिनामा हत्याका १३ वटा घटना भएका थिए र हत्यासम्बन्धी ४९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका २ वटा घटना भएका थिए र १९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ६ वटा घटना भएका थिए ।

यसैगरी, सो अवधिमा स्वास्थ्य अधिकार हननका २ वटा घटना र ६१ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

प्रतिक्रिया