कावेली करिडोरको परीक्षण प्रशारण सुरु

इनेप्लिज २०७२ भदौ ९ गते १४:४४ मा प्रकाशित

kabeli-karidorपाँचथर, ९ भदौ । पाँचथर र ताप्लेजुङको सीमा हुँदै बग्ने कावेली नदीबाट उत्पादित १३२ केभिए क्षमताको काबेली करिडोर प्रशारण लाइनको परीक्षण प्रशारण सुरु गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले करिडोर लाइनको निर्माण सम्पन्न भएपछि इलामको सानिमा माई हाइड्रो पावरद्वारा उत्पादित २२ मेगावाट विद्युत् पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काबेली करिडोरका प्रवन्ध निर्देशक वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलामको गोदकदेखि झापाको दमकसम्म ३४ किलोमिटर प्रशारण लाइन प्राधिकरणले निर्माण गरेको हो ।

एक वर्षअघि नै निर्माण सम्पन्न भएको सानिमा माईले प्रशारण लाइन नहुँदा व्यावसायिक उत्पादन गर्न सकिरहेको थिएन । काबेली करिडोरको दमकसम्मको भाग निर्माण हुँदा पाँचथर र इलामका सानिमा माई बाहेक १० मेगावाटको अपर माई, ४.२ मेगावाटको माई, छ मेगावाटको पुवा, तीन मेगावाटको अपर पुवा र आठ मेवावाटको जोगमाई आयोजनालाई फाइदा पुगेको छ ।

गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सानिमा माई कम्पनीले माई आयोजनाकै क्याक्सेड आयोजनाको रुपमा सात मेगावटको अर्को आयोजना, ४१५ मेगावाटको माथिल्लो तामाकोसी, २८ मेगावाटको तल्लो लिखु र ७५ मेगावटको मिडिल तमोर आयोजनाको काम पनि अगाडि बढाएको छ ।

प्रतिक्रिया