प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीलाई हामीले सम्हाल्न सकेनौँः सभासद रामजनम चौधरी

इनेप्लिज २०७२ भदौ ९ गते १३:०२ मा प्रकाशित

Ramjanam-Chaudhary-650x450

धनगढी, ७ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि कैलालीमा दोहोरो भीडन्त भएको बताएका छन् । कैलालीको टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार दिउँसो भएको हिंसात्मक झडपमा घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएपछि प्रतिक्रिया दिँदै सभासद चौधरीले प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीहरुले प्रतिकार गरेको बताए । ‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेक्न सकेनौँ, थारु आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अबस्था रहेन’- घटनाबारे जानकारी दिँदै उनले भने- ‘थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्न थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो, सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाए, त्यसपछि आन्दोलनकारी रिसाएर प्रहरीमाथि जाइलागेका हुन् ।’

को हुन चौधरी ?

अघिल्लो संविधानसभा निर्वाचन अघि काँग्रेसबाट मधेशी जनअधिकार फोरममा प्रवेश गरेका हुन् चौधरी । विजयकुमार गच्छदारले फोरम टुक्राएपछि उनी फोरम लोकतान्त्रिकको महासचिव बने । पार्टी अध्यक्ष गच्छदार चार दलीय मोर्चासँग वार्ता र घुर्की लगाइरहँदा उनी भने थारु सभासद्को नेतृत्व गर्दै सड्कमा उत्रिएका थिए । संविधानको पछिल्लो मस्यौदा र प्रदेशको सिमांकनका विषयमा गच्छदार र चौधरीबीच विवाद समेत भएको थियो । चौधरीकै नेतृत्वमा सोमबार कैलालीमा निषेषाज्ञा तोडिएको हो । सुरक्षाकर्मीका कारण अप्रिय घटना भएको भन्दै उनले कैलाली हत्याकाण्डको दोष प्रहरीतर्फ तेर्साउँदै आएका छन् ।

‘भाडाका हतियार र गुण्डा प्रयोग’

स्थानीय बासिन्दाले थरुहटको शान्तिपूर्ण भारतबाट भाडामा हतियार सहितका गुण्डाहरुको घुसपैठ भएको दाबी गरेका छन् । कैलालीको आन्दोलनमा भाला, बन्चरो, हतियार बोकेका पचासौँ जना सिमा पारिका युवाहरु देखेको नेपाल भारत सिमा क्षेत्र खकरउलाका बासिन्दा रामबहादुर साउदले बताए ।

प्रतिक्रिया