विराटनगरमा सुतलीबम विष्फोट अभियोगमा पाँच पक्राउ

इनेप्लिज २०७२ भदौ ९ गते १२:२८ मा प्रकाशित

pakraauविराटनगर, ९ भदौ । विराटनगरस्थित भारतीय राजदूतावासको इकाइ कार्यालय नजिकको सडकमा गएराति सुतलीबम विष्फोट गराएको अभियोगमा आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

उक्त घटनाको अभियोेगमा पक्राउमा एक महिलासहित पाँच जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी गराउनुभयो ।

यस विषयमा अनुसन्धान भइरहेको र निर्दोष देखिएमा रिहा गरिने उहाँले बताउनुभयो । उक्त राजदूतावासको इकाइ कार्यालय विराटनगर–१७ स्थित मलायरोडमा पर्दछ ।

दुई दिन अघि सोही मार्गमा पर्ने एमएम प्लास्टिक उद्योगको परिसरमा सोही प्रकृतिका सुतलीबम विष्फोट भएका थिए ।

प्रतिक्रिया