तुलसीपुर (दाङ), ९ भदौ । रोल्पालिवाङबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ८३९ नम्बरको यात्रुवाहक बस आज बिहान घोराही–लमहीसडक खण्डको बबई खोलामा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार घाइतेमध्ये गम्भीर घाइते भएका दाङ बर्गदीका ११ वर्षीय झरना नेपाली, तुलसीपुर नगरपालिका–१६ का दिनेश चौधरी, घोराही नगरपालिका–४ चौघेराका २१ वर्षीय सुरेन्द्रसिंहलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अन्य सामान्य घाइतेको सो अस्पतालमा भइरहेको र केही उपचारपछि घर फर्किसकेको छ । बस खोलाको कज्वेमा चिप्लिँदा दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया