विधेयकको अन्तिम मस्यौदामाथिको छलफल सुरु: फोरमद्वारा बहिष्कार
काठमाडौँ, ९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ ।
प्रस्ताविन नयाँ संविधान लेखनको सन्दर्भमा यो छलफललाई संविधानसभाको अत्यन्त महत्वपूर्ण कार्य सूचीका रुपमा लिन सकिन्छ । यो नेपालको संविधान २०७२ को अन्तिम मस्यौदा हो ।
संविधान लेखन प्रक्रियाले लामो समयसम्म गति लिन नसकी रहेको अवस्थामा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति संविधान लेखनलाई अघि बढाउन आधार तयार गरेको थियो ।
सोही सहमतिका आधारमा दलहरुले संविधानको मस्यौदा तयार गरेर जनताको राय सुझाव लिई मस्यौदामा सुधार र परिमार्जनको कामसमेत गरेका थिए ।
प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार गरेको हो ।
मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् ।
मस्यौदामाथिकोे छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिनुभयो । यो क्रम कम्तीमा तीन दिनसम्म चल्नेछ । छलफलमा बोल्ने सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभामा हाल ५९८ सभासद्ले प्रतिनिधित्व गर्दै आउनुभएको छ ।
यसअघि संविधानसभाको आजको बैठकको प्रारम्भमै समय मागेर सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सभासद् अशोक राईले एकतात्मक राज्य प्रणालीलाई सङ्घीयताको ट्याग झुन्ड्याउने काम भएकाले यो संविधान लेखन प्रक्रियाप्रति आफ्नो पार्टीले लामो समयदेखि असहमति राख्दै आएको बताउनुभयो ।
उहाँले कैलालीमा थरुहटको माग राख्दै आएको र सोमबार घटेको घटनाले गम्भीर तुल्याएको उल्लेख गर्नुुभयो ।
उहाँले भन्नुभयो–“संविधान राम्रो र हाम्रो बनाउनुपर्छ । मस्यौदामा समेटिएको राष्ट्रिय गान, भाषा, न्याय प्रणाली, सङ्घीयता र स्थानीय निकायको पक्षलाई हेर्दा सङ्घीयताको आत्मा फेला पार्न सकिने अवस्था छैन । जहाँ पायो त्यहीँ दङ्गा क्षेत्र घोषणा गर्ने, गोली ठोक्ने काम भएको छ ।”
बैठकमा आफ्नो भनाइ राखेपछि उहाँ पार्टीका तर्फबाट बैठक बहिष्कार गरिएको घोषणा गरेर बाहिरिनुभएको थियो । यसअघि बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्दै भन्नुभयो–“संविधानसभा छोडेर कोही पनि बाहिर नजान, यहीँ बसेर संविधान लेख्न योगदान दिन आग्रह गर्दछु ।”
जनताकै बीचमा अशान्ति र कोलाहल भयो भने जनतामा निहित सार्वभौम सत्ता प्रस्फुटन हुन सक्दैन भन्दै उहाँले देश र जनताले पाउने संविधान भएकाले संविधान निर्माण गर्छाैं भनेर आएको प्रतिबद्धतालाई सभासद्ले पूरा गर्नुपर्छ भन्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया