मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:२५
वासिङटन डिसी 09:40

सर्पको टोकाइबाट एकको मृत्यु

इनेप्लिज २०७२ भदौ ९ गते ४:०५ मा प्रकाशित

snakeताप्लेजुङ, ९ भदौ । ताप्लेजुङको दुर्गम गाविस लेलेपमा विषालु सर्पको टोकाइबाट एकजनाको मृत्युभएको छ ।

स्थानीय रुपमा पाइने सेत्वा जातको सर्पले टोक्दा लेलेप–६ का ३२ वर्षीय भोजकुमार राईको मृत्युभएको हो । गत भदौ ४ गते मकैबारीमा गएका राईलाई सर्पले टोकेको र समयमै उपचार हुन नसक्दा मृत्युभएको हो ।

सर्पले टोकेपछि स्थानीय स्वास्थ्य चौकीले गाउँमा नै उपचार सम्भव हुने भनेपछि समयमै अन्यत्र नलगिएको तर पाँच दिनपछि सदरमुकामतर्फ उपचारका लागि ल्याउने तयारी हुँदाहँुदै मृत्यु भएको मृतककी बहिनी भूमिका राईले बताइन् । लेलेप गाविस सदरमुकामदेखि एक दिनको पैदल दूरीमा पर्छ ।

प्रतिक्रिया