बाँकेमा पाँच घन्टाका लागि निषेधाज्ञा हटाइयो

इनेप्लिज २०७२ भदौ ८ गते ४:४१ मा प्रकाशित

खजुरा (बाँके), ८ भदौ । जिल्ला प्रशासन कार्यालय बाँकेले गएराति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा दिउँसो २ बजेसम्मका लागि हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकका अनुसार आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्म पुनः निषेधाज्ञा जारी रहने छ ।

प्रशासनले नेपालगन्जको उत्तर राँझाको भुजइगाउँदेखि दक्षिण जमुनाहासम्म र पूर्वको फुलटेक्रा चोकदेखि पश्चिमको नन्दनी मिलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

नेपालगन्ज आसपासको क्षेत्र अहिले सामान्य रहेको छ ।

प्रतिक्रिया