बेनीमा पर्यटक सूचना केन्द्र स्थापनाका लागि भवन निर्माण
बाबियाचौर (म्याग्दी), ८ भदौ । म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापनाका लागि भवन निर्माण भएको छ ।
आवश्यक जनशक्ति, सामग्री र पूर्वाधार जुटाएर सूचना केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जिविसले जनाएको छ । सरकारको करिब रु १९ लाखको लागतमा उपभोक्ता समितिमार्फत एक तले दुई कोठे भवन निर्माण भएको हो ।
उक्त भवन निर्माण गर्न जिविसले रु सात लाख ५० हजार, पर्यटन कार्यालय पोखराले रु १० लाख र बेनी नगरपालिकाले करिब रु एक लाख ५० हजार लगानी गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।
जिल्लामा भित्रने पर्यटकलाई म्याग्दीका पर्यटकीयस्थलको बारेमा आवश्यक जानकारी र अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भएको हो ।
नगरपालिका र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर पर्यटन केन्द्र सञ्चालन गर्न पहल गर्ने स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया