जिल्ला अदालत पर्साले एकसाठी प्रतिशत मुद्दा फछ्र्योट
वीरगन्ज, ८ भदौ । जिल्ला अदालत पर्साले गत आवमा झन्डै ६१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।
आव २०७१/०७२ मा पर्सामा कुल पाँच हजार ५०४ वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा तीन हजार ३५४ मुद्दा फछ्र्योट भएका छन् । यो कुल फछ्र्योट मुद्दाको ६० दशमलव ९३ प्रतिशत रहेका छन् । गत वर्ष दर्ता भएकामध्ये दुई हजार १५० थान मुद्दा फछ्र्योट हुन बाँकी रहेको जिल्ला अदालतका स्रेस्तादार शम्भुकुमार बस्नेतले बताउनुभयो ।
उहा“का अनुसार जिल्ला अदालतको काम कारबाहीलाई सहज र छिटोछरितो बनाउनका लागि आधुनिक डिजिटल सुविधा प्रयोगमा ल्याएको तथा दरबन्दीअनुरुप न्यायाधीशको पदपूर्तिसमेत भएकाले गत वर्ष मुद्दा फछ्र्योटको दरमा वृद्धि भएको हो ।
सबैभन्दा बढी देवानी प्रवृत्तिका मुद्दा दर्ता भएका छन् । गत वर्ष कुुल तीन हजार ७०९ वटा देवानी मुद्दा दर्ता भएकामा सो अवधिमा दुई हजार १६३ वटा मुद्दा फछ्र्योट भएका छन् । यो कुल फछ्र्योट देवानी मुद्दाको ५८ दशमलव ३१ प्रतिशत रहेको छ ।
त्यस्तै गत वर्ष फौजदारीतर्फ एक हजार ५६१ वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा एक हजार १९ थान मुद्दा फछ्र्योट भएका छन् । यो कुल फछ्र्योट मुद्दाको ६५ दशमलव २७ प्रतिशत रहेको अदालतले जनाएको छ ।
यसैगरी बन्दी प्रत्यक्षीकरणतर्फ गत वर्ष पाँच वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा सतप्रतिशत मुद्दा फछ्र्योट भएको छ । गत वर्ष निषेधाज्ञातर्फ २२९ वटा मुद्दा दर्ता भएकामा उक्त अवधिमा १६७ थान मुद्दा फछ्र्योट भएको छ । यो कुल फछ्र्योट मुद्दाको करिब ७३ प्रतिशत रहेको छ ।
जिल्ला अदालत पर्साका अनुसार आव २०७१/०७२ मा दुई वर्ष नाघेको चार वटा, १८ महिनादेखि दुई वर्षभित्रका ६० वटा, एक वर्षदेखि १८ महिनाभित्रका १९८ वटा र एक वर्षभित्रका एक हजार ८८८ वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् ।
जिल्ला अदालतले आव २०७०/०७१ मा पनि ६३ दशमलव ६३ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो । सो आवमा पर्सा जिल्ला अदालतमा दर्ता भएका पाँच हजार ४६७ मुद्दामध्ये तीन हजार ४७९ मुद्दा फछ्र्योट भएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया