गोँगबुमा तीनजनाको कङ्काल फेला

इनेप्लिज २०७२ भदौ ७ गते १२:०३ मा प्रकाशित

kankalकाठमाडौँ, ७ भदौ । गोँगबुस्थित भत्किएको पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने क्रममा तीन वटा मानव कङ्काल फेला परेको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा भत्किएको टोखा नगरपालिका–गोँगबुको उक्त भवनको भग्नावशेषमुनि ती कङ्काल फेला परेको महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पका समयमा बेपत्ता भएका होटल सञ्चालक पाल्पाकी भूमिकला रेग्मी सिंजाली, उनकी छोरी अनुष्का सिंजाली र कामदार नुवाकोट मदनपुरका बर्देवाको कङ्काल आइतबार भग्नावशेष हटाउने क्रममा फेला पारिएको हो ।

कङ्काल परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

प्रतिक्रिया