बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:४०
वासिङटन डिसी 13:55

नदीले बगाउँदा एक व्यक्तिको ज्यान गयो

इनेप्लिज २०७२ भदौ ७ गते ११:५५ मा प्रकाशित

चन्द्रपुर (रौतहट), ७ भदौ । बोलबम गएका रौतहटका एक व्यक्तिको सिन्धुलीमा कमला नदीले बगाउँदा ज्यान गएको छ ।

रौतहटको रमौली बैरिया–३ घर भएका ५० वर्षीय बाबुलाल सहनीको नदीले बगाउँदा आज बिहान ज्यान गएको सिन्धुलीस्थित हत्पते प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जन्मजय यादवले जानकारी दिनुभयो ।
रौतहटको रमौली गाविसबाट सिन्धुलीको हत्पते गाविसमा रहेको मधुगङ्गा महादेव मन्दिरमा दर्शन गर्न मृतक यादवसहित अन्य गाउँले गएका थिए ।

प्रतिक्रिया