दसौँ दिन पनि जनकपुर बन्द

इनेप्लिज २०७२ भदौ ७ गते ५:०९ मा प्रकाशित

जनकपुरधाम, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको अनिश्चितकालीन बन्दका कारण धनुषाको जनजीवन अस्तव्यस्त भएको छ ।

विगत १० दिनदेखि सार्वजनिक यातायातका साधन ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन् ।

बन्दले शिक्षण संस्था र कलकारखानाको कामकाजसमेत प्रभावित भएका छन् । बजारमा मोटरसाइकल फाटफुट गुडेको देखिए पनि लामो तथा छोटो दूरीका सबै सवारीसाधन ठप्प रहेका छन् ।

बन्द समर्थक दलले बिहानैदेखि चोकमा टायर बालेर जनकपुरको मुख्य चोक र सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । धनुषा जिल्लाका सरकारी कार्यालयको कामकाजसमेत मोर्चाका कार्यकर्ताले बन्द गराएका छन् ।

प्रतिक्रिया