मिर्गाैला उपचारका लागि आयुर्वेदिक पद्धति उपयोगी

इनेप्लिज २०७२ भदौ ७ गते ४:४५ मा प्रकाशित

kidney-300x216काठमाडौँ, ७ भदौ । “पैसा थिएन, मिर्गाैलाको उपचार नपाएर मरिन्छ भन्ने लागेको थियो, आयुर्वेद उपचार गरेर बाँचियो”– धादिङका ७० वर्षका शेरबहादुर कार्कीले खुसी व्यक्त गर्नुभयो ।

मिर्गाैला रोगका कारण समस्या परेपछि कुपण्डोलस्थित नेपाल आयुर्वेदिय संस्थाका अभियानकर्ता वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधिको सेवनपछि उहाँ अहिले निको हुनुभएको छ ।

कार्कीले २०७१ साल जेठ देखि औषधि प्रयोग गर्न सुरु गर्नुभएको थियो । मिर्गाैलाको बिरामीको क्रिटिनाइन हेरिन्छ । सामान्यरुपमा व्यक्तिको शरीरमा १ दशमलव ४ क्रिटिनाइन हुनुपर्छ ।

कार्कीजस्तै मिर्गाैलाका समस्यामा परेका बनेपाका ४५ वर्षीय राजेन्द्र उलक पनि आयुर्वेदिक उपचार गरेर स्वास्थ्य लाभ लिइरहनुभएको छ ।

उहाँले २०७१ कात्तिकदेखि आयुर्वेदिक औषधि सेवन गरिरहनुभएको छ । उहाँको ८ दशमलव ५ क्रिटिनाइन थियो । अहिले सामान्य अवस्थामा आउन लागिसकेको छ ।

त्यस्तै, दोलखाका ५२ वर्षीय निमाछिरि शेर्पाको पनि क्रिटिनाइन ७ दशमलव २ पुगेको थियो । अहिले आयुर्वेदिक औषधिको सेवनबाट उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँहरुजस्तै, सो आयुर्वेदिक संस्थाबाट आर्थिक अवस्था कमजोर भएका तर उपचार ठीक भएका २१५ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

आयुर्वेदका अभियानकर्ता वैद्य राउतका अनुसार नेपालमा मध्यम वर्गका मान्छे मिर्गाैलाको समस्याबाट अत्यन्तै मर्कामा परेर अलपत्र परेका छन् । आधुनिक चिकित्सा पद्धतिअनुसार उपचार गर्दा डायलासिस गरेर मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ । तर लाखौँ खर्च लाग्ने भएकाले गरिब तथा मध्यवर्गीय परिवारका लागि उक्त उपचार सम्भव छैन ।

“नेपालमा १० वर्षदेखि मिर्गाैलाको समस्या बढिरहेको देखेपछि आयुर्वेदको विद्यार्थी भएकाले मेरो मन छोयो”– वैद्य राउतले भन्नुभयो, “आयुर्वेदिक उपचार सस्तो र भरपर्दो दुवै छ, आयुर्वेदिक उपचारका लागि मासिक रु पाँच हजार भए पुग्छ तर डायलासिस गर्नुपर्दा लाखौँ खर्च हुन्छ ।”

सबै मानिसको मिर्गाैला एकै प्रकारले मात्र बिग्रिएको छैन । बीस जनाको मिर्गाैलाको बिरामीलाई अध्ययन गर्ने हो भने २० वटै फरक समस्याका कारणले मिर्गाैला खराब भइरहेको छ ।

वैद्य राउतका अनुसार मिर्गाैलाको संरक्षणका लागि आहार विहारमा ध्यान दिएर आयुर्वेदको प्रयोग गर्दा धेरै सुधार आउँछ । डायलसिस गरेकालाई भन्दा नगरेकालाई यो पद्धति अत्यन्तै प्रभावकारी हुन्छ । “यही पद्धतिबाट आफूले पाँच वर्षदेखि ८०÷८५ वर्षसम्मका व्यक्तिलाई बचाइराखेको छु, तर राज्यले आधुनिक मेडिकललाई मात्र प्रोत्साहन गरेको छ आयुर्वेदलाई त्यति प्रोत्साहन गरेको पाइएको छैन”–उहाँले जोड्नुभयो ।

अहिले मिर्गाैलाको समस्या भनेको राष्ट्रको मात्र होइन अन्तर्राष्ट्रिय समस्याको रुपमा आइराखेको छ । वैद्य राउतले सर्ने रोग, इमर्जेन्सी, भाइरल, ल्याबरुपमा आधुनिक मेडिकल विज्ञान अत्यन्त अग्र पङ्तिमा छ र नसर्ने रोगका लागि आधुनिक मेडिकल विज्ञानको शिक्षा नीति असफल छ ।

नेपालको अन्तरिम संविधान २०६३ को अध्याय २० मा आयुर्वेदलाई वैकल्पिक भनिएको छ । आयुर्वेद नेपालका मात्रृभूमि, शिव र पार्वतीको पालादेखि नै आयुर्वेद प्रचलनमा चलिरहेको छ । तर पनि त्यसको उपयोगिताको ख्याल राज्यले नगरेको उहाँको गुनासो छ ।

पश्चिमा मुलुकहरु आयुर्वेद खोजिरहेका छन् तर नेपालमा आयुर्वेदको मात्रभूमि भएर पनि त्यसको संरक्षण गरिएको छैन । नेपालमा आयुर्वेदमा पर्यटनको समेत राम्रो सम्भावना रहेको वैद्य राउतको ठम्याइ छ ।

मिर्गाैलाले पिसाब र रगत छुट्याउने काम गर्छ । क्रिटिनाइन बढ्दै गएमा मिर्गाैलाले सो काम गर्न सक्दैन ।

प्रतिक्रिया