न्युह्याम्प्शायरमा बालप्रतिभा प्रतियोगिता
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्प्शायर चयाप्टरले शनिबार अमेरिकाको न्युह्याम्प्शायरमा बालप्रतिभा प्रतियोगिताको आयोजना गरेको छ / चित्रकला, गायन,बाद्यबादन , कविता वाचन ,नृत्य , लगायतका विधामा संग्लग्न करिव दुई दर्जन बालबालिकाले प्रतियोगितामा भाग लिएका थिए/ बाल दिवशको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा गरिमा गिरीले नृत्य गरेर प्रथम स्थान हासिल गरिन भने नेपाली राष्ट्रिय गानको धूनलाई पियानोमा प्रस्तुत गरेर दोश्रो पुरस्कार जितिन / साहित्यकारद्वय महेश्वर पन्त, दीपा राई पुन र गायक रोशन गुरुङ निर्णायक रहेको समितिले गीत गायन र नृत्य प्रस्तुत गर्ने सारा गुरुङ लाई तृतीय पुरस्कारका लागि छनोट गर्यो /
कार्यक्रमका प्रमुख अतिथि तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव साहित्यकार गोवर्धन पूजाले यस किसिमको कार्यक्रमले विदेशमा रहेन नेपाली बालबालिकाको नेपाली कला, साहित्य र संगीतप्रतिको रुची विकास गर्न मद्दत गर्ने बताउदै आगामी नारीदिवशको अवसर पारेर अनेसासले नेपाली साहित्य र कलामा लागेका बालबालिका र महिलालाई पुरस्कृत गर्ने योजना बनाएको जानकारी गराए/
उपस्थित वालवालिकालाई नेपाली भाषामा आफ्नो परिचय दिन लगाएर पुरस्कृत पनि गरिएको उक्त कार्यक्रममा साहित्यकार तथा आयोजक सस्थाका सचिव ईश्वरी भट्टले यो प्रतियोगितालाई आगामी दिनमा अझ ब्यापक गर्ने योजना रहेको बताए/ साहित्यकार महेश्वर पन्तले पुरस्कृतहरूको नाम सार्वजनिक गर्दै शुभकामना ब्यक्त गरे भने समाज सेवी शिब कुमार राईले कार्यक्रमको उपादेहिता माथि प्रकाश पारे / च्याप्टरका अध्यक्ष अग्नि पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा न्युह्याम्प्शायर नेपाली समाजका अध्यक्ष रविन थापा , धौलाबीर राई, कृष्ण गिरीलगायतले मन्तव्य तथा कविता वाचन गरे/ कार्यक्रममा आभूषण गुरुङ , सब्रिना कडेरिया , अनुशील गुरुङ, अग्रिम गुरुङ, आरजु पराजुली , श्रेया पराजुली , नियन्ता रिमाल , श्रीजल गुरुङ लगायतका भाइ बहिनीले आफ्नो कला प्रस्तुत गरेका थिए/
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया