तीजको लहर आयो बरिलै!हामी सबै छमछमी‏ नाचौं बरिलै!!

इनेप्लिज २०७२ भदौ ६ गते २३:४२ मा प्रकाशित
image005अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society) को आयोजनामा नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका  ‘तीज’ को कार्यक्रम भर्जिनियाको मनाससमा हुने भएकोले डी सी मेट्रो एरियामा बस्ने सम्पूर्ण दिदीबहिनी एबम दाजुभाइहरुलाई गरिमामय उपस्थितिका लागि  आयोजक हार्दिक निमन्त्रणा ब्यक्त गर्दछ। हिन्दु नारीहरूको महान चाड हरितालिका तीज भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाइदै आएको विशेष पौराणिक महत्व छ। यो पर्वमा विवाहित र अविवाहित महिलाहरूले आ–आफ्नो मनोकामना पूरा होस भनी ब्रत बस्ने गर्छन् ।पार्वतीले महादेव पति पाउँ भनि ब्रत बसेको पौराणिक मान्यता अनुसार यो पर्व मनाउने गरिन्छ । 
 
विगतका बर्षहरुमा जस्तै यस पटका पनि हामीहरू सबै मिली मनाससमा उल्लासपूर्ण बातावरणमा तीज पर्व मनाऔ रमाइलो गरौ,नाचौ,झुमौ।स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।
 
सम्पर्क/कार्यक्रम संयोजक:
सुनिता सुबेदी गौतम 703-229-3516
स्थान-     Best western Hotel
10820 Ballsford Rood
Manassas VA, 20109
मिती-      Sunday, Sep 06,2015.
समय-     4:00PM to 10:00 PM Sharp
 
 
(प्लिज नोट: हाम्रो तिजको प्रोग्राममा नि:शुल्क प्रबेसको ब्यबस्था गरिएको छ। साथै सस्थाको सहयोगार्थ खानाको लागि $5:00  प्रतिब्यक्ति सहयोग स्वरुप राखिएको छ। १० वर्ष भन्दा कमका बच्चालाई खाना शुल्क लाग्ने छैन!)

 

प्रतिक्रिया